दिनेशको कुण्डली हेर्दै श्रेया

काठमाडौं । फाल्गुनन्द लिङदेन फिल्म्स्को व्यानरमा फिल्म ‘कुण्डली’ निर्माण हुने भएको छ । दिनेश लिङदेनको कथा निर्देशन रहेको फिल्मको गीत रेकर्डिङसँगै फिल्म निर्माणको घोषणा गरिएको हो । अनामनगरस्थित एक्सन स्टुडियोमा हालै एउटा गीत रेकर्डिङ गरिएको छ ।

गीतमा विकास चौधरीको संगीत र वीरेन्द्र मालाकारको स्वर रहेको छ । आध्यात्मिक तथा भौतिकवादलाई मुख्य विषय बनाएर निर्माण गरिने फिल्ममा श्रेया प्रधान, राजकुमार अधिकारी क्षेत्री, बबिता फोम्बो, अर्मान खान, मदन भुजेल, प्रेम आले, कुइसाङ रुम्बा, उदय सुब्बा, निलम सिंह, मेखबहादुर मगर आदिको अभिनय रहनेछ । निर्देशक लिङ्देनले फिल्मको चाँडै नै छायांकन सुरु हुने बताए ।