सचिनको भिडियोमा कार्टुन क्रु

काठमाडौं । डान्सिङ ग्रुप द कार्टुन क्रु पछिल्लो पटक गायक सचिन रौनियारको ‘कु कु कु’ गीतको म्युजिक भिडियोमा देखिएको छ । प्रकाश सापकोटाको शब्द सचिन अनि जितेन लेप्चाको संगीत रहेको गीतमा फणिन्द्र राईको एरेन्जमेन्ट रहेको छ । कार्टुन क्रुका सरोज अधिकारीको कोरियोग्राफी, कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको सिनेमाटोग्राफी र लाक्पा डी लामाको सम्पादन छ ।

द कार्टुन क्रु को अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो आमा न भएकी सानु छोरीको कथासँग जोडिएर बनाइएको छ जहाँ जुनियर कार्टुन क्रु का साना साना भाइ बहिनीहरुको नृत्य तथा अभिनय पनि रहेको छ ।

बिगत ३ दशक देखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरु दर्शकले अत्याधिक रुचाएका छन् ।