विवाह गर्दै काजल

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री काजल अग्रवालको फ्यानका लागि एक सुखद खबर छ । त्यो खबर के हो भने उनी चाँडै नै विवाहको योजना बनाउँदैछिन् । उनले एक टेलिभिजन शोमा यो कुराको जानकारी आफैं दिएकी हुन् ।

उनलाई शोमा उनको विवाह योजनाको बारेमा सोधिएको थियो । उनले आफू विवाहको योजना बनाइरहेको खुलाइन् । उनले आफ्नो हुनेवाला पतिको गुणको बारेमा पनि बताएकी छन् । ‘धेरै कुरा हुनु आवश्यक छ । तर महत्वपूर्ण कुरा सकारात्मक, मेरो ख्याल गर्ने किसिमको र आध्यात्मिक हुनुपर्छ’, उनले भनेकी छन् ।

उनले आफू आध्यात्मिक भएकाले पनि पति आध्यात्मिक नै खोजेको बताइन् । ‘मसँग भगवान शिवको सानो मूर्ति छ । जसलाई म हरेक स्थानमा सँगै लिएर जान्छु’, उनले भनेकी छन् ।