अमेरिकामा खुल्दै भुवनको मिस्टर नेपाली

काठमाडौं । प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’ नेपाल अघि अमेरिकामा रिलिज हुने भएको छ । नेपालमा आगामी कार्तिक २९ गते रिलिज हुने फिल्मलाई अमेरिकामा आागमी नोभेम्बर १० र १२ मा प्रिमियर गरिनेछ ।

यो फिल्मले विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ । हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे फिल्मको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा प्रिमियर हुनेछ ।

यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा फिल्मको प्रिमियर हुन लागेको हो । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा फिल्मको प्रिमियर हुनेछ । अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुन लागेको हो ।

फिल्ममा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका छ ।