अन्नुको जीवनसाथीमा वेनिशा र पुष्कर

काठमाडौं । गायिका अन्नु चौधरीको नयाँ गीत ‘जीवनसाथी’ सार्वजनिक भएको छ । सगुन दाहालको शब्द र ताराप्रकाश लिम्बुको संगीत रहेको गीतको मेल भोकलमा अन्नुलाइ सगुन दाहालले साथ दिएका छन । भिडियोमा बेनिशा हमाल र पुस्कर दाहाल फिचर्ड छन् ।

अर्जुन तिवारी डीओपी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । भुपेन्द्र तुम्बाहाम्फेको निर्देशनमा बनेको भिडियोमा अनिल रानाको सम्पादन छ । भिडियोमा हेम्स इन्टरटेण्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।