सिड्नीमा नेपथ्यको लाइभ शो

काठमाडौं । नेपाल टचको आयोजनामा नेपथ्यले अष्ट्रेलियाको सिड्नीमा कन्सर्ट गर्ने भएका छन् । ‘नेपथ्य लाईभ इन सिड्नी–२०१९’ नाम दिइएको यस कार्यक्रमको मुख्य प्रयोजक एक्सपर्ट एजुकेशन हो ।  डिसेम्बर १४ तरिख अर्थात् मंसिर २८ गते हुने यस कन्सर्टको लागि विग टप लुना पार्क रोजिएको छ । उक्त हलमा ३ हजार दर्शक अट्नेछन् । कन्सर्टमा ३ हजार नै दर्शक आउने अपेक्षा गरिएको छ ।

नेपाली टचले नेपाली समुदायदाई लक्षित गरी अष्ट्रेलियामै विगत १० वर्षदेखि विभिन्न समाजिक सांस्कृतिक एवंम मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको छ । यस कार्यक्रमले अष्ट्रेलियामा रहेका विद्यार्थीहरु र दर्शकहरुलाई आफ्नो देशप्रतिको माया दर्शाउने विश्वास लिइएको आयोजकले बताएको छ । अष्ट्रेलियामा हुने नेपथ्यको विभिन्न कार्यक्रमको संयोजक पनि नेपाल टच रहेको छ ।

नेपाली संगीतिक व्याण्ड ‘नेपथ्य’ विश्वमाझ परिचित छ । नेपाली दर्शक तथ स्रोतामा नेपथ्यको रुचाइएको ब्याण्ड हो । फरक शैलीका गीतहरु तयार गरेर नेपथ्यले आफ्नो छुट्टै स्थान बनाएका छन् । नेपथ्यको देशदेखि विदेशसम्म धेरै संख्यामा कन्सर्ट गरिसकेका छन् ।