काठमाडौं । जापानको नागोया फुसिमा मिलिओन थिएटरमा फिल्म ‘मारुनी’ प्रदर्शन गरिएको छ । फिल्मको जापान प्रदर्शनीका लागि नायक पुष्पल खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका छन् ।
फिल्म हेर्नका लागि दर्शकको उपस्थिती राम्रो रहेको निर्मात्री पूनम गौतमले बताइन् । फिल्मलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन् ।नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको फिल्मलाई जापानका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका थिए । फिल्मको शो जापानको टोकियो र ओसाकामा पनि हुने निर्मात्री गौतमले जानकारी दिइन् ।
यसैविच, यो फिल्म अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्सभिलमा पनि यो फिल्मको प्रदर्शन हुन लागेको हो ।