फरक फ्लेभरको मर्छु कि क्या हो

काठमाडौं । नयाँ फरक फ्लेबरको लोक गीत ‘मर्छु कि क्या हो’ सार्वजनिक भएको छ । हाल भारतको मुम्बईमा सांगीतिक र अभिनयको कक्षा लिईरहेकी गायिका आश्मी रिसाल र गायक सुरेस शाहीको गीतमा आवाज रहेको छ । गीतमा शब्द तथा संगीत पनि सुरेश शाहीको नै रहेको छ ।

यस गीतमा भारतमा नै मोडलिंग र अभिनय गर्दै भारतको बिभिन्न चर्चित टेलिसिरिएल तथा विज्ञापनमा अभिनय गरिरहेकी नेपाली मोडल स्यामा श्री शेर्पा र कलाकार अम्बर सुबेदी लाई फिचर गरिएको छ ।  भारतमा नै बिभिन्न लघु चलचित्र निर्देशन तथा टेलिचलचित्रहरुमा अभिनय गर्दै आएका निर्देशक तथा कोरियोग्राफर ओमकार सिन्धेले यस म्युजिक भिडियोलाई कोरियोग्राफ तथा निर्देशन गरेका हुन ।

सिन्धेले यस गीतको भिडियो निर्माण गर्न आफुले धेरै नै नेपाली गीतहरुको भिडियो हेरेको र त्यस भन्दा फरक बनाउन खोजेको उनले बताए । मेरो पहिलो कोसिस हो यो म्युजिक भिडियो र पहिलो नै गम्भीर छ ।किनकी मैले नेपाली लोक गीतको भिडियो बनाउने भनेको नै मेरो लागी चुनौती रहेको उनले बताए । रामेश्वर कार्कीको चयन रहेको यस गीतको भिडियोलाई श्याम कुँवरले सम्पादन गरेका हुन्