मुम्बई(एजेन्सी) । बलिउड अभिनेता शाहरुख खानका फ्यानले उनको नयाँ फिल्मको व्यग्र प्रतिक्षा गरिरहेका छन् । तर अझैं पनि शाहरुखको फ्यानको प्रतिक्षालाई पूर्णता दिन सकेका छैनन् । शाहरुखले आफू सुनिश्चित नहुन्जेलसम्म नयाँ फिल्मको बारेमा केही नबोल्ने बताइरहेका छन् ।
समाचार अनुसार शाहरुख खान दुई तीन महिनाभित्रै आफ्नो नयाँ फिल्मको घोषणा गर्ने तयारी गरिरहेका छन् । शाहरुखको हातमा झन्डै ३० देखि ३५ अफर थिए ।तीमध्ये केहीमा उनी गम्भीर पनि देखिएका थिए । जसमा सन्जय लीला भन्साली, यशराज फिल्मस्, साजिद नाडियाडवाला, टी सिरिज जस्ता ठूला व्यानरका प्रोजेक्ट पनि थिए । अन्नत उनले आफूले खोजेको कथा भेटे । उनको आगामी फिल्म राजकुमार हिरानीको निर्देशन रहने र विधु विनोद चोपडा, हिरानी र शाहरुखको रेड चिलीज मिलेर निर्माण गर्नेछन् । स्रोतका अनुसार शाहरुखको यो फिल्म सोसियल कमेडीमा आधारित हुनेछ ।
‘यो पिःल्म वर्तमान परिदृश्यमा आधारित हुनेछ । तर त्यसमा विवाद हुनेछैन । उनी जुन फिल्म छनोट गरे पनि त्यसका लागि उनले सफतलाको पूर्व शर्त राख्नेछन् । किनकी उनी अझै असफलता व्यहोर्न चाहँदैनन्’, शाहरुख निकट स्रोतले भन्यो ।