काठमाडौं । भारतको असम राज्यका १७ जिल्लामा लिम्बू फिल्म ‘केसाङ्ला’ प्रदर्शन हुने भएको छ । लिम्बू महासभा असमको केन्द्रिय अधिवेशनमा दिइएको जानकारी अनुसार असममा फेब्रुअरी दोस्रो हप्तादेखि फिल्म प्रदर्शन हुनेछ ।
फिपरानी तुम्वाहाम्फे, विष्णुकुमार पन्धाक, संजय तुम्वाहाम्फे र भिमकुमार तुम्वाहाम्फेको संयुक्त निर्माण रहेको फिल्ममा लक्ष्मी योङहाङ, भिम तुम्वाहाम्फे, विशाल सेनेहाङ, याम्निङ्वा योङ्हाङ, सनम पहाङ्गो र कुमार लुम्फुङ्वाको मुख्य भूमिका रहेको छ ।
त्यसैगरी यासेली योङ्हाङ्को शब्द, अशोक लोहोरुङ राईको पाश्र्वरसंगीत , मनु नेम्वाङ, श्रेयसी चेम्जोङ र असली वनेमको आवाज रहेको छ भने पटकथा देवेन्द्र खापुङ, सम्पादन विपिन मल्ल, छायांकन भुपेन्द्र तुम्वाहाम्फे र भेषभुषा कल्पना योङ्हाङको रहेको छ ।
चोकफूङ इन्टरटेन्मेन्ट प्रा.लिको ब्यानरमा निर्माण भएको लिम्बू संस्कृतिमा आधारित केसाङ्ला यस अघि हङकङ, कोरिया र नेपालको विभिन्न ठाउँहरूमा सफलतापूर्वक प्रदर्शन भइसकेको छ । असममा पनि सफलतापूर्वक प्रदर्शन हुने कुरामा आफू ढुक्क रहेको प्रदर्शन समितिका संयोजक भिम नेयोहाङ सुब्बा बताउछन् । युमा माङहिम निर्माण समिति मोनावारी विश्वनाथ असमको आयोजनामा फिल्म प्रदर्शन हुन लागको हो ।