सिड्नी तताउँदै एलिशा र सुशान्त

काठमाडौं । विगत ३ वर्षदेखि निरन्तर हुँदै आएको ‘रगडेल होली मेला’ यसपटक पनि अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ । नेपाली कलासँगै संस्कृतिलाई पनि उत्थान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुने मेलामा यसपटक कुशल डान्सर एवं कलाकार एलिशा शर्मा र गायक सुशान्त केसीले स्टेज तताउने छन् ।

रगडेल ब्वायज र कमेरो इभेन्ट्सले अस्ट्रेलियाको सिड्नीमा मार्च ७ का दिन कार्यक्रम गर्ने कार्यक्रमका म्यानेजर विक्रम गुरुङ्गले बताए । यसपटक एलिसा र सुशान्तसँगै गायक बिक्की गुरुङ र कार्यक्रम प्रस्तोताका रूपमा ओशिन सिटौला उपस्थित हुनेछिन् ।