आमासँग आमा हेर्नेलाई निःशुल्क अफर

काठमाडौं । भोलि शुक्रबारदेखि रिलिज हुने फिल्म ‘आमा’ले रिलिजको पूर्वसन्ध्यामा दर्शकका लागि एउटा नयाँ अफर ल्याएको छ । काठमाडौंका केही हलमा आफ्नो आमासँग फिल्म हेर्न पुग्दा निःशुल्क हेर्न पाउने व्यवस्था गरिएको छ ।

काठमाडौको जय नेपाल हलमा पौने १२ बजे, क्यूज हलमा पौने ११ बजे र कुमारी हलमा बिहान साढे ८ बजेको शोमा ‘आमा’ लिएर पुग्दा निःशुल्क फिल्म हेर्न पाइने निर्देशक दीपेन्द्र के खनालले बताए । ‘एक दिन आफ्नी आमासँग’ भन्ने भावका साथ हामीले यो घोषणा गरेका हौं ।’ हलमा यी शोहरु परिवर्तन नभएसम्मलाई यो घोषणा लागू हुनेछ’, उनले भने ।

दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले यो फिल्मको निर्माण गरेकी हुन् ।