सरदार लुक्समा आउँदै सलमान

मुम्बई(एजेन्सी) । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान चाँडै नै फिल्म ‘लाल सिंह चड्डा’ मा सरदारको भूमिकामा देखिँदैछन् । यो फिल्मलाई लिएर आमिरका फ्यान निकै व्यग्र प्रतिक्षामा छन् । यसैबीच अभिनेता सलमान खानका विषयमा पनि यस्तै नयाँ समाचार सार्वजनिक भएको छ । सलमान पनि चाँडै नै सिखको भूमिकामा फिल्ममा देखिँदैछन् ।

समाचार अनुसार सलमान ज्वाइँ आयुष शर्माका साथ एक ग्याङस्टार फिल्मका लागि हात अघि बढाउँदैछन् । जसमा उनी पगरी गुथेको सिखको भूमिकामा देखिनेछन् । फिल्ममा सलमान नकारात्मक भूमिकामा देखिनेछन् । फिल्मको निर्देशन अभिराज मीनावालाले गर्नेछन्, जुन फिल्म यसै वर्षको मे महिनामा रिलिज हुँदैछ ।

फिल्मका लागि सलमानले आफ्नो दाह्री बढाउनेछन् र आयुष एक नर्थ इन्डियन ग्याङस्टार लुक देखाउनका लागि सलमानलाई अझ मस्कुलर बनाउनेछन् । यो फिल्मको लुक टेस्ट आगामी हप्ता शुरु हुनेछ । सलमान पछिल्लो पटक फिल्म ‘हिरोज’मा सरदारको भूमिकामा देखिएका थिए । यो फिल्म सन् २००८ मा रिलिज भएको थियो ।