धुलोमा दीपाशाको चार सय चालिसको बिजुली

काठमाडौं । आगामी फागुन १६ गते रिलिज हुने फिल्म ‘धुलो’ को आइटम गीत ‘चार सय चालिसको बिजुली’ सार्वजनिक भएको छ । राजधानीमा सडक गल्लीमा ठेलागाडा–रिक्सा चलाएर जीवनयापन गर्ने मजदुरको जीवनशैली, सपना, संघर्ष र अवस्थाको विषयमा निर्माण गरिएको फिल्मको आइटम गीत दुर्गा खरेल र अनुप थापाले गाएका हुन् ।

गीतमा केशव मिश्रको शब्द, जुगल डंगोलको संगीत र रामजी लामिछानेको कोरियोग्राफी छ । नेपाल टेलिभिजनमा वरिष्ट क्यामेरापर्सनका रुपमा कार्यरत सञ्चारकर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्मको गीतमा बुद्धि तामाङ, अग्रज केसी र दिपाशा बिसी फिचर्ड छन् । निर्देशक मिश्रका अनुसार यो आइटम ‘ड्रिम सिक्वेन्स’ हो । सुकुम्बासी बस्तीमा बस्ने दुई मज्दुरको कल्पनालाई यो गीतमा प्रस्तुत गरिएको छ ।

फिल्ममा बुद्धि र अग्रजका साथमा सिर्जना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुसील पोखरेल तथा लक्ष्मी बर्देवा बिशेष भूमिकामा छन ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल छन् । सिके वाग्लेप्रोजेक्ट एडभाइजर रहेको फिल्ममा केशब मिश्र र दीपक समीरको गीत,शंकर थापा र जुगल डंगोलको संगीत, रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन तथा कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।