दुई फिल्मबाट एकसय ३० करोड पारिश्रमिक

मुम्बई(एजेन्सी) । कलिउड सुपरस्टरा थालापति विजय पछिल्लो दिनमा गलत कामका कारण चर्चामा आए । गत फेब्रुअरीमा इनकम ट्याक्स डिपार्टमेन्टले उनको घरमा छापा मारेको थियो । केही दिन अघि पनि इनकम ट्याक्सका अफिसरहरुले विजयको घरमा निवेदन दिएका थिए ।

विजयको घरमा ट्याक्स अफिसका कर्मचारीले सर्च अपरेसन चलाएका थिए । अपरेसनका दौरान आयकर अधिकारी त्यतिबेला अचम्ममा परे, जतिखेर विजयले आफ्ना दुई फिल्मका लागि एकसय ३० करोड पारिश्रमिक लिएको थाहा पाए । उनीहरु अर्को अचम्ममा पनि किन परे भने विजयले दुवै फिल्मबाट प्राप्त एकसय ३० करोड पारिश्रमिकको पूर्ण कर तिरेका थिए ।

विजयलाई यति महंगो रकम फिल्म ‘बिगिल’ र ‘मास्टर’का लागि दिइएको थियो । उनले फिल्म ‘बिगिल’का लागि ५० करोड र ‘मास्टर’का लागि ८० करोड पारिश्रमिक लिएका थिए । विजयको फिल्म ‘बिगिल’ बक्सअफिसमा सुपरहिट साबित भएको थियो ।

यसले ३ सय करोडको व्यापार गरेको थियो । फिल्मले ३ सय करोडको व्यापार गरिरहँ फिल्मको आइटी अधिकृत अनबूको घरमा ७७ करोड भेटिएको थियो । यो रकमको आम्दानी कागजात केही नभेटिएपछि अनुसन्धान अधिकारीहरु विजयको घरसम्म पुगेका थिए ।