तक्मेबुढाको गीतमा हनुमाने र मंगलीको सेल्फी

काठमाडौं । गायक तथा कलाकार विल्सनविक्रम राई अर्थात् तक्मे बुढा र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सेल्फी खिचौंला ए माया’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा बुद्धि तामाङ ‘हैट’ र रजनी गुरुङ ‘मंगली’ फिचर्ड छन् ।

भिडियोमा तक्मे, गायिका मेलिना तथा विमल धिमाल पनि फिचर्ड छन् । विल्सनकै शब्द रहेको गीतमा दीपक शर्माको संगीत छ । भिडियोमा सुरेन बसेलको कोरियोग्राफी, विक्रम डिसीको छायांकन र मनोज कार्कीको सम्पादन छ ।