धादिङका हिमेश पहिलो कमेडी च्याम्पियन

काठमाडौं । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् । शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धी सुनसरीका सुमन कोइराला र रोल्पाका खड्गबहादुर पुन मगरलाई पछि पार्दै २५ लाख रुपैंयाँ पुरस्कार राशीको उपाधि जितेका हुन् ।

हिमेशले २५ लाखसँगै एक कार पनि उपहार स्वरुप प्राप्त गरेका छन् । विजेता पन्तलाई मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पुरस्कार प्रदान गरेका थिए ।