आइसोलेशनमा रोमान्टिक निक–प्रियंका

मुम्बई(एजेन्सी) । सारा विश्वमा कोरोना भाइरसको कारण आम मानिसहरु आफ्नो घरमा नै बस्न बाध्य छन् । यो घर बसाईमा सेलिब्रेटी पनि छन् । चीनबाट शुरु भएको कोरोना भाइरसले विस्तारै विस्तारै अन्य देशमा पनि पाइला चालेर भयावह स्थिति पैदा गरिरहेको छ । हाल अमेरिकामा नै रहेकी इन्टरनेशनल अभिनेत्री प्रियंका चोपडा पनि हालका दिनमा कोरोना भाइरसका कारण पति निक जोनाससँग सेल्फ आइसोलेशनमा छिन् । कोभिड १९ बाट डरेकी प्रियंकाको एक भिडियो हिजोआज सामाजिक सन्जालमा निकै भाइरल बनिरहेको छ । जसमा उनी र उनका पति भिडियो कलिङका समयमा रोमान्टिक बनेका छन् ।

प्रियंका र निकको केही रोमान्टिक भिडियो सामाजिक सन्जालमा भाइरल बनिरहेको छ । उनका फ्यानहरु भिडियोमा निकै उत्साहका साथ कमेन्ट गरिरहेका छन् । भिडियोमा प्रियंका कहिले निकको कानसँग टाँसिएकी छन् भने च्याट सकिएपछि दुवैजनाले एकापसमा चुम्बन गरेका छन् । आइसोलेशनमा रहेका निक र प्रियंका लगातार सामाजिक सन्जालमा सक्रिय भइरहेका छन् ।

भिडियोमा प्रियंकाले ब्राउन जम सुट लगाएकी छन् भने निकले निलो हुडी र क्याप लगाएका छन् । निकको हातमा गिलास छ भने अर्को गिलास टेबलमा राखिएको छ । केही दिन अघि प्रियंकाले डब्लुएचओका निर्देशकसँग प्रत्यक्ष संवाद गर्दै कोरोना भाइरसबाट बच्ने तरिकाका बारे जानकारी लिएकी थिइन् । उनको लाइभ च्याटको भिडियो पनि सामाजिक सन्जालमा निकै भाइरल भएको थियो । हालै मात्र प्रियंका पति निकसँग एक गीत गुनगुनाउँदै हेण्ड वास च्यालेन्ज गर्दै सामाजिक सन्जालमा आएकी थिइन् ।