कोरोना त्रासः चार अर्ब मानिस घरमै

काठमाडौं(एजेन्सी) । विश्वभरमा नै एक महिना भन्दा कम समयमा नै कोरोना भाइरसको समस्या दश गुणा बढेको छ । जोन हप्किन्स युनिभर्सिटी डेटाबेसका अनुसार ५ अप्रिलसम्म विश्वभर १२ लाख कोरोना भाइरसका बिरामी भइसकेका छन् । करीब अढाई लाख मानिसहरु ठिक भएर घर फकिईसकेका छन् भने ६५ हजार भन्दा बढीको ज्यान नै गइसकेको छ ।

जानकार उपचार र भ्याक्सिनको अभावका कारण कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि विभिन्न देशले महामारी रोक्नका लागि अभूतपूर्व कदम उठाइरहेका छन् । हालै भारतमा इन्डिया टुडे डेटा इन्टेलीजेन्स यूनिटले १ सय ८० देशको तथ्यांक विश्लेषण गर्दा ती देशमा एउटा न एउटा कोरोना भाइसरका बिरामी भेटिएका छन् ।यूनिटका अनुसार यी देशका सरकारले लकडाउन लागू गरिसकेको छ । यो अध्ययन अनुसार लकडाउनका कारण विश्वभर झन्डै चार अर्ब मानिसहरु घरमै बसिरहेका छन् । यो संख्यालाई हेर्ने हो भने विश्वको आधा आबादी लकडाउनमा छन् ।

रिपोर्ट अनुसार १ सय ८० देशमध्ये ११६ वटा देशमा पूर्ण रुपमा लकडाउन गरिएको छ । बाँकी ६४ देशमा या त आंशिक कफर््यू लगाइएको छ भने या त स्वेच्छाले सामाजिक दुरीको नियम पालना गरिएको छ ।  उत्तरी अमेरिकामा तीन ठूला देश(अमेरिका, क्यानाडा र मेक्सिको) छन् । कोरोनाबाट तीन देशमध्ये अमेरिका सर्वाधिक प्रभावित देश हो । यहाँ तीन लाख भन्दा बढी जनसंख्या कोरोना संक्रमित छन् । जुन पुरा विश्वको कोरोना संक्रमितको संख्याको एक चौथाई हो ।

उत्तरी अमेरिकाको कुनै पनि देशले हाल राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छैन । अमेरिकाको ५० राज्यमध्ये २१ राज्यले मानिसहरुलाई घरमै बस्न भनेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रव्यापी लकडाउन घोषणा गर्न अस्वीकार गरेपछि राज्य सरकारले लकडाउन गर्न थालेको हो । मेक्सिकोले लचिलो शैलीको लकडाउन नीति अपनाएको छ । यहाँको सरकारले मानिसलाई घरमै बस्न आव्हान गरे पनि कफर््यू लगाएको छैन । क्यानाडामा पनि लकडाउन गरिएको त छैन, तर सरकारले सबैलाई घरमा नै बस्न भनेको छ ।

–एजेन्सीको सहयोगमा