डिस्चार्ज भइन् कनिका

मुम्बई(एजेन्सी) । बलिउड गायिका कनिका कपूरका फ्यानका लागि एउटा खुशीको खबर छ । कोरोना पोजिटिभ देखिएपछि गत मार्च २० देखि लखनऊको सन्जय गान्धी पोस्ट ग्रेजुएशन इन्स्टीट्यूट अफ मेडिकल साइन्सेस (पीजीएम) अस्पतालमा भर्ना भएकी कनिका अब पूर्ण रुपमा ठिक भएकी छन् । कनिकाको दुई रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

चिकित्सकले घर फर्किएपछि कनिकालाई सतर्क रहेर बस्न भनेको छ । चिकित्सकको सल्लाह अनुसार अब कनिकाले घरमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ । पछिल्लो समयसम्म कनिकाको लगातार पोजेटिभ रिपोर्ट आएको थियो । पोजेटिभ रिपोर्ट नियमित आउन थालेपछि परिवार चिन्तामा थिए ।