बेइजिङ(एजेन्सी) । कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनको हुबुई प्रान्तको बुहानमा ७६ दिनपछि बुधबारबाट लकडाउन हटाइएको छ । करिब १ करोड १० लाख जनसंख्या भएको यो सहरमा एकपटक पुनः मानिसको जीवन सामान्य हुन लागेको छ ।
लकडाउन शूरु भएपछि डेभिगरी मेन, अफिस कर्मचारी, डाक्टर र नर्सलगायत सर्वसाधारण घरमै फसेका थिए । प्रान्तीय अधिकारीले पनि स्थानीय परिवहन र अन्तरप्रान्त परिवहनमा लगाएको अस्थायी लकडाउन हटाएका छन् । हुबेईमा प्रान्तीय अधिकारीहरुले २५ मार्चमा बुहानलाई छोडेर मुख्य प्रान्त चीनमा स्थिति सामान्य ल्याउन लकडाउन हटाएको जनाएका छन् ।
हुबेईमा स्थानीयलाई कलर–कोडित क्यूआर कोड दिइएको थियो । जसमार्फत उनीहरुले आफ्नो स्वास्थ्यस्थितिबारे जानकारी दिन्थे । राम्रो स्वास्थयको संकेत हुने क्यूआर कोडवालालाई मात्र प्रशासनले बाहिर निस्कन अनुमति दिएको थियो ।
स्थानीय प्रशासनले सार्वजनिक परिवहनका साधनमा पनि प्रतिबन्ध हटाएको छ । अब इन्टरसिटी र इन्टरस्टेट सेवा पनि सुचारु गरिएको छ ।