मजदुरको बैंक खातामा सलमानको ६ करोड

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता सलमान खानले कोरोना भाइरसका कारण भएको लकडाउनले आर्थिक समस्या झेली रहेका दैनिक ज्यालादारी मजदुरलाई पहिलो चरणमा ६ करोड सहयोग गरेका छन् ।

समाचार अनुसार सलमानले पहिलो चरणमा २० हजार मजदुरको खातामा प्रति मजदुर ३ हजार रुपैंयाँ जम्मा गरिदिएका छन् । सलमानले दोस्रो चरणमा पनि मजदुरलाई पैसा दिने वा अन्य कुनै किसिमको सहयोग गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

मजदुर संगठन एफवाइसका अध्यक्ष बीएन तिवारीका अनुसार सलमानले पहिलो किस्ताको रुपमा मजदुरको खातमा रकम जम्मा गरेको पुष्टी गरे । उनका अनुसार आगामी १० देखि १५ दिन भित्रमा सलमानले दोस्रो किस्तावापतको रकम जम्मा गर्नेछन् । सलमानको संस्था बिइङ ह्युमनले पनि शिक्षा र स्वास्थ्यसँग जोडिएको विषयमा सहयोग गरिरहेको छ ।