कर्फयू उल्लंघन गर्नेलाई कठोर सजाय

मनिला(एजेन्सी) । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुटर्टे कोरोना भाइरससँग लड्नका लागि निकै कठोर उपायको सहारा लिइरहेका छन् । मार्च २४ मा सैन इसिद्रोका प्रहरीले कफ्र्यू उल्लंघन गर्नेलाई चर्को घाममा बसाएका थिए । स्थानीय सरकारको फेसबुक पेजमा प्रहरीले कफर््यू तोड्ने हरेक व्यक्तिलाई घाममा बसाउने घोषणा गरेका थिए ।

केही दिन अघि सान्ताक्रुज, लगूना प्रान्तमा अधिकारीहरुले कफर््यू तोड्ने व्यक्तिलाई कुकुर बस्ने खोरमा बन्द गरिएको थियो । पुरै देशमा कर्फ्यू उल्लंघन गर्ने व्यक्तिलाई प्रहरीले कुटपिट गरेको र गोली चलाएको समेत खबर आइरहेको छ । एक प्रहरी अफिसरले रेडियोमा कोही व्यत्तिः कर्फ्यूको समयमा बाहिर निस्किएमा गोली हानेर मारिदिने बताएका छन् ।

गत अप्रिल १ मा राष्ट्रपति दुटर्टेले राष्ट्रका नाममा सम्बोधन गर्दै केही कारण आम मानिसको जीवनमा खतरा भयो भने प्रहरी र सेनालाई गोली हान्न आदेश दिएका थिए । यो सम्बोधनको दुई दिन पछि मिन्दानाओमा एक ६३ वर्षीय किसानलाई मास्क लगाउन नमानेको कारण जनाउँदै गोली हानेर मारिएको थियो । प्रहरीले वृद्धले मदिरा पिएको र एक स्वास्थ्यकर्मीलाई आक्रमण गरेको बताएको थियो ।

राष्ट्रपति दुटर्टेको मानवअधिकारको रेकर्ड निकै खराब छ । कैयौं मानवअधिकार संगठनले उनले नशालु औषधि बेच्ने व्यक्तिका विरुद्ध चलाएको अभियानमा तीन वर्षमा २० हजार मानिस मारिएको आरोप लगाउँदै आएका छन् । तर सरकारले मर्नेको संख्या ६ हजार भन्दा बढी नभएको दाबी गर्दै आएको छ ।