साझा पार्टीको प्रवक्तामा शरद

काठमाडौं । साझा पार्टीले केन्द्रीय सदस्य शरदराज पाठकलाई सहप्रवक्ता नियुक्त गरेको छ । पाठकले गत तीन वर्षदेखि प्रवक्ताको जिम्मेवारी निभाउँदै आएका डा. सूर्यराज आचार्यलाई सहयोग गर्नेछन् ।

नीति विभागको प्रमुखका रूपमा डा आचार्यले पार्टीको नीतिपत्रहरूको निर्माणमा ध्यान केन्द्रीत गर्नेछन् । ग्रामिण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्रको संस्थापक सम्पादक भएर काम गरेका थिए भने त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए । उनी गत संघीय निर्वाचनमा पार्टीको तर्फबाट चितवन क्षेत्र नं ३ का उम्मेद्वार थिए ।