किम पत्नीको कठिन जीवन

सिओल(एजेन्सी) । वैवाहिक जीवनलाई सुखी र खुशीमय बनाउन कैयौं दम्पतीहरु केही नियम बनाउँछन् र त्यसलाई हरेक समय पछ्याइरहन्छन् । यस्तो नियमले परिवारमा प्रेम सम्बन्धलाई मजबुत बनाउन पनि ठूलो सहयोग पु¥याउँछ । तर केही सम्बन्ध यस्ता पनि हुन्छन् जसमा पत्नीकै लागि मात्र कडा नियम बनाइन्छ । यसको उदाहरणका रुपमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी पत्नी री सोल जूलाई हेरे पुग्छ । जूले उत्तर कोरियामा जुन नियमको पालना गर्छिन्, यो नियम विश्वमा सायदमै कसैको पत्नीले पालना गर्लान् ।

उत्तर कोरियामा जूलाई कहिँकतै आफ्नो इच्छा अनुसार जान पाउने अनुमति छैन । उनको एक्लो अफियिसल यात्रा पनि एक्लो जस्तो हुँदैन । उनी जहिल्यै पनि पति किम जोंग उनसँगै देखिन्छिन् । उनी कहाँ जाने र कहाँ नजाने भन्ने पहिले नै तय भइसकेको हुन्छ । भनिन्छ कि जूलाई सार्वजनिक कार्यक्रममा विशेष सम्मानका साथ तब लगिन्छ, जब किम जोंग उनले आफ्नो सफ्ट साइडलाई विश्वमाझ देखाउनुपर्ने हुन्छ । यतिमात्र होइन, पत्नीका साथ रहँदा किमका लागि कपडा पनि बढी स्टाइलिस छनोट गरिन्छ । जू तीन सन्तानकी आमा हुन् । तर यो बारेमा कहिल्यै पनि आधिकारिक रुपमा पुष्टी गरिएको छैन । किनकी जूलाई आफ्नो गर्भवती समयको अवस्थालाई बाहिर देखाउन अनुमति छैन ।

त्यसो त उनलाई गर्भवती अवस्थामा कुनै पनि सार्वजनिक कार्यक्रममा उपस्थित हुन दिइएको छैन । उनी जानु नै पर्ने अवस्थामा उनलाई गर्भको पेट नदेखिने किसिमको पहिरन लगाउन दिइन्छ । किम आफ्नी पत्नीको कसैले तस्बिर लियो भने किम त्यो कुरा रुचाउँदैनन् । किमले आफ्नी पत्नीको बारेमा कही कतै सञ्चारमाध्यममा समाचार आउनमा प्रतिबन्ध लगाएका छन् ।किमले अनुमति नदिएसम्म जूका बारेमा न उत्तर कोरियामा केही लेखिन्छ न सार्वजनिक रुपमै उनको तस्बिर बाहिर आउँछ । इन्टरनेटमा पनि उनको तस्बिरलाई बिना अनुमति प्रकाशन गर्न पाइँदैन ।

उत्तर कोरियामा महिलाहरुलाई टाइट जिन्स र स्लीवलेस वा शरीर देखिने कुनै पनि किसिमका पहिरन लगाउने अनुमति छैन । यो नियम किम पत्नी जूले पनि पालना गर्नुपर्छ । फस्र्ट लेडी भएकाले अन्य महिलाको तुलनामा उनमा यो नियम अझ कडा छ । उनी सार्वजनिक कार्यक्रममा औपचारिक स्कर्ट, टप र ज्याकेटमा देखिन्छिन् । स्कर्टको लम्बाई जहिल्यै पनि घुँडादेखि तलसम्मको हुन्छ । उनलाई धेरै अग्लो हिल लगाउन पनि अनुमति छैन ।

अर्को रोचक कुरा के छ भने किम पत्नीलाई आफू कतिपटक आमा बन्न पाउने भन्ने निर्णय लिने अधिकार पनि छैन । किम पत्नीको पहिला दुई छोरी थिए, तर किम शासन चलाउनका लागि छोरा चाहन्थे । जसकारण रीमाथि पुनः गर्भवती हुनका लागि किमले दबाब दिएका थिए । किम पत्नीलाई आफ्नो परिवारसँग भेट गर्न अनुमति छैन । विवाहपछि परिवारसँग भेट्न उनले कमै अवसर पाएकी छन् । यो निर्णयको कारण के हो भन्ने गोप्य राखिएको छ । किम आफूसँग जोडिएको कुरा बाहिर नजाओस् र पत्नी कोही बाहिरी मान्छेको विचारबाट प्रभावित नहोस् भन्नका लागि उनले परिवारसँग भेट गर्न बञ्चित गरेका छन् ।