हेयरस्टाइलिस्ट बने अभिनेत्री

मुम्बई(एजेन्सी) । लकडाउनका कारण को सर्वसाधारण, को सेलिब्रेटी सबै घरमै बसिरहेका छन् । यो समयमा सेलिब्रेटीहरु आफ्नो कार्यशैलीदेखि लिएर सुन्दरतासम्मलाई चासो दिइरहेका छन् । यस्तो अवस्थामा केही सेलिब्रेटीहरुले घरमै हेयर स्टाइलिस्ट बन्दै आफ्नो जीवनसाथीको कपाल काटेका छन् ।

बलिउड अभिनेत्री अनुष्का शर्माले केही दिन अघि इन्स्टाग्राममा एक भिडियो शेयर गरिन् । जसमा उनलाई क्रिकेटर पति विराट कोहलीको कपाल काटिइरहेको देखिएको थियो ।

अर्की अभिनेत्री सोनम कपुर लकडाउनको समयमा पति आनन्दको कपाल बडो प्रेमपूर्वक सम्हालिरहेकी छन् । जसको भिडियो उनले सामाजिक सन्जालमा राखेकी छन् । त्यस्तै अभिनेत्री नीना गुप्ताले सामाजिक सन्जालमा पतिको कपाल काट्दै गरेको भिडियो राखेकी छन् ।