बाघ र सिंहमा कोरोना संक्रमण

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसको कहर मानवपछि अब जनावरमा तिब्र रुपमा फैलन थालेको छ । न्यूयोर्कको बोरनोक्स चिडियाखानामा रहेका चार बाघ र तीन सिंहमा कोरोना संक्रमण पाइएको हो । अधिकारीहरुका अनुसार यो चिडियाखानामा बाघ र सिंहसहित आठ जनावरमा कोरोना पोजेटिभ पाइएको छ ।

वन्यजीव संरक्षण सोसाइटीका अनुसार अप्रिल ५ मा यो चिडियाखानामा बाघलाई पहिलोपटक कोरोनाको लक्षण देखिएको थियो । त्यसपछि चार बाघ र तीन सिंह संक्रमित भए । अन्य जनावरमा रुघाको समस्या देखिएको छ । अहिले सबै जनावरको टेस्ट गरिएको छ ।

चिडियाखानामा रहेका आठ बिरालोमा पनि कोरोना संक्रमण भेटिएको छ । हाल उपचाररत उनीहरुको स्वास्थ्य अवस्था केही सुधार भइरहेको र उनीहरुले खाना खाइरहेको चिडियाखानाले जनाएको छ । बाघ र सिंहमा कोरोनाको लक्षण देखिएपछि सावधानी अपनाइएको छ ।