हजार कलाकारलाई रजनीकान्तको रासनपानी

मुम्बई(एजेन्सी) । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि भारतीय केन्द्र सरकारले देशभर लकडाउनको अवधि मे ३ सम्म बढाएको छ । अन्य व्यवसायझैं मनोरन्जन जगतको कामकाज पनि ठप्प छ । फिल्म जगतमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर लकडाउनका कारण नराम्ररी प्रभावित भएका छन् । यस्तो अवस्थामा फिल्म स्टारहरुले उनीहरुको सहयोगका लागि हात अगाडि बढाइरहेका छन् । भारतीय सुपरस्टार रजनीकान्तले ५० लाख रुपैंयाँ राहत कोषमा जम्मा गरिसकेका छन् ।

समाचार अनुसार रजनीकान्तले नदीगर संगम (कलाकारको एक यूनियन) का १ हजार कलाकारलाई राशनपानीको व्यवस्थ ागर्ने भएका छन् । रजनीकान्तका फ्यानले पनि अहिलेको समयमा सहयोगको चाहना राख्नेका लागि तरकारी, चामल, दुधको प्याकेकलगायत अत्यावश्यक सामानहरु उपलब्ध गराउँदै आएका छन् ।

कामको कुरा गर्दा रजनीकान्त पछिल्लोपटक ए आर मुर्गदासको फिल्म ‘दरबार’मा देखिएका थिए । फिल्ममा नयनतारा पनि प्रमुख भूमिकामा थिइन् । उनी चाँडै नै फिल्म ‘अन्नाथे’मा अभिनय गर्दैछन् । यो फिल्ममा खुशबू सुन्दर, मीना, नयनतारा र कीर्ति सुरेशको अभिनय रहनेछ । फिल्ममा प्रकाश राज, सूरी र सतीश पनि प्रमुख भूमिकामा हुनेछन् ।