नृत्य कलाकारलाई कलाकार संघको राहत

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड–१९) को कारणले मानवजीवन अस्तव्यस्त बनेको छ । यो महामारीका कारण नेपालमा पनि सरकारले विगत एक महिना यता लकडाउन लगाएको छ । महामारीको कारणले गर्दा दैनिक मजदुरी गरेर जीवनयापन गर्ने श्रमिकहरुको अवस्था गम्भीर बन्दै गएकोमा नेपाल चलचित्र कलाकार संघको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा नेपाल नृत्य संघका करिब ७० जना राहतबिहिन नृत्यकारहरुलाई राहत वितरण गरिएको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको अगुवाई तथा संघका कार्यबाहक अध्यक्ष जनक कार्कीको अनुरोधमा अनामनगरमा उक्त खाद्यान्न राहत वितरण गरिएको हो ।

नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र विकाश बोर्डका पुर्व सदस्य राजेन्द्र केसी(राजु) को सहयोगमा तथा जमिनकी अध्यक्ष विद्या बज्राचार्य र कोषाध्यक्ष महात्मा पराजुली लगायतको सक्रियतामा उक्त राहत सामग्रीहरुलाई जुटाएर नृत्य कलाकार र प्राविधिकहरुलाई वितरण गरिएको थियो ।

कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी, प्रेस सल्लाहकार सुर्य चन्द, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अधक्ष्य राधेश्याम लेकाली, संचारकर्मी रिता लिम्बु, नृत्य संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, स माजसेवी भानु ढकालको उपस्थिति रहेको थियो ।

अध्यक्ष खड्काले कोरोना भाइरस(कोभिड–१९) को महामारीमा सयौं कलाकारहरुलाई राहत वितरण गर्दै उनीहरुको जीवनरक्षामा पहल गर्दै आएको नेपाल चलचित्र कलाकार संघले सहयोग कार्यक्रमलाई निरन्तरता राख्ने बताए ।