कुमारको एक्सनकटमा आकाशको कालो बादल

काठमाडौं । गायिका कविता बलामीको स्वरमा रहेको नयाँ गीत ‘आकाशको कालो बादल’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत सत्य स्वरुपको रहेको छ ।सार्वजनिक भिडियो साइ राम पिक्चर्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

अमुल कार्कीको संगीत संयोजन रहेको गीतमा माया प्रेममा धोका पाए पछिको भाव पाउन सकिन्छ ।  सञ्चारकर्मी कुमार आचार्यको निर्देशनमा बनेको भिडियोमा लिगेश भट्टराई,श्रेया दुलाल र मेनुका माझीलाई फिचर्ड गरिएको छ ।

वीरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाइ अच्युत बजगाईंले सम्पादन गरेका हुन् । लिगेश भट्टराइको कोरियोग्राफी रहेको भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको हो ।