अमेरिकाका विद्यालय बन्द गर्न निर्देशन

न्यूयोर्क(एजेन्सी) । कोरोना भाइरसको महामारीका कारण अमेरिको न्यूयोर्क विश्वकै सबैभन्दा ठूलो हटस्पोट बनेको छ । जहाँ संक्रमण र मृत्युको संख्या सबैभन्दा बढी छ । पछिल्लो एक महिनामा दैनिक रुपमा मृत्यु हुनेको आँकडामा कमी आएको छ । तर न्यूयोर्कका अधिकारीहरुले सबै राज्यका विद्यालयहरुलाई यो शैक्षिक सत्रसम्म बन्द राख्न निर्देशन दिएका छन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रयू क्यूमोले गत शुक्रबार यो घोषणा गरेका हुन् । उनले सबै स्कूलका पदाधिकारीहरुलाई आफ्नो विद्यालयलाई कसरी सफा राख्न सक्छन् र सामाजिक दुरीको प्रोटोकललाई कसरी पालना गर्न सक्छन् भन्ने योजना बनाउन आव्हान गरेका छन् । ‘हामी योजना बनाइरहेका छौं र आगामी केही हप्तामा यसलाई लागू पनि गर्नेछौं । हामीलाई लाग्दैन कि यस्तो काम यस किसिमले गर्न सम्भव हुन्छ, जसकारण हाम्रो बच्चा सुरक्षित हुन्छन् ।’ उनले भनेका छन् ।

स्कुलमा सञ्चालन भएका क्याफेटेरियालाई सम्हाल्ने चुनौती पनि स्कूललाई छ । न्यूयोर्कमा एक मिलियन भन्दा बढी छात्र छन् । त्यसकारण क्याफेटेरियामा सामाजिक दुरी बनाउन समस्या हुनेछ । उनले बच्चालाई सुरक्षित राख्न र यो मामलालाई समाधान गर्नका लागि अन्य योजनामाथि पनि विचार गरिएको बताए ।

डेमोक्रेटिक गभर्नरले कोरोना भाइरसबाट प्रतिदिन मर्नेको संख्या ३०५ बाट घटेर २८९ पुगेको छ । यो आकडा २९ मार्च पछि सबैभन्दा कम हो । अमेरिकामा न्यूयोर्क कोरोना भाइरसको केन्द्र साबित भइसकेको छ । यो राज्यमा संक्रमणको मामला ३ लाख अधिक छ । यहाँ २३ हजार ६ सय बढी मानिसको मृत्यु भइसकेको छ । अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि कमी आइरहेको छ ।