सहकर्मी गुमाउँदै अमिताभ बच्चन

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चनले ५० वर्ष भन्दा बढी समय फिल्मी क्षेत्रमा बिताइसकेका छन् । उनको यो यात्रामा कैयौं अभिनेताहरुले उनलाई साथ दिएका छन् । उनका साथीहरु कलाकार भए र लगातार कैयौं फिल्ममा काम गरेर सफलता दिलाए । तर ती सबै साथीहरु एक–एक गर्दै अमिताभबाट छुट्टिइरहेका छन् । गत बिहीबार दिग्गज अभिनेता ऋषि कपूरको निधन भयो । ऋषि र अमिताभले सँगै कैयौं फिल्ममा काम गरिसकेका छन् । उनीहरुले अभिनय गरेको ‘अमर अकबर एन्थोनी’ र ‘कुली’ सम्झनालायक फिल्म हुन् । ऋषि एक उदाहरण मात्र हुन्, यहाँ ऋषिजस्तै अन्य कलाकारको बारेमा पनि चर्चा गरिएको छ ।

अभिनेता संजीव कुमार पनि अभिनयमा अब्बल कलाकार थिए । सन् १९३८ मा जन्मिएका संजीवले आफ्नो करियरमा कैयौं उत्कृष्ट फिल्ममा अभिनय गरे । उनले अमिताभका साथ ‘त्रिशूल’, ‘ईमान धर्म’, ‘फरार’, ‘शोले’ र ‘खुद्दार’ जस्ता फिल्ममा सहकार्य गरे । यी फिल्महरु रोमान्टिक ड्रामा र थ्रिलर जनरामा आधारित थिए । उनको निधन सन् १९८५ सालमा भएको थियो । अमिताभसँग काम गर्ने कलाकारको सूचीमा अमजद खान पनि पर्छन् । दुबैले एकसाथ ‘शोले’, ‘याराना’, ‘सत्ते पे सत्ता’, ‘लावारिस’, ‘द ग्रेट गेम्बलर’ जस्ता फिल्ममा अभिनय गरे । अमजदको जन्म सन् १९४० मा पाकिस्तानको पेशावरमा भएको थियो । उनको निधन सन् १९९ मा भएको थियो । आफ्नो समयको सुपरस्टार अभिनेता राजेश खन्नासँग अमिताभले ‘आनन्द’, ‘नमक हराम’, ‘बावर्ची’ जस्ता फिल्ममा अभिनय गरे । उनीहरु सम्बन्ध निकट त थिएन, तर फिल्मी पर्दामा उनीहरुको क्यामेस्ट्रीलाई दर्शकले निकै रुचाउँथे ।

अमिताभको लगातार बढ्दो स्टारडमका कारण राजेश खन्नाको हातबाट फिल्म अमिताभको हातमा पुग्दथे । एक समय यस्तो आयो कि अमिताभ राजेश भन्दा निकै अगाडि पुगिसकेका थिए । सन् २०१२ मा राजेशको निधन भएको थियो ।  अर्का अभिनेता अशोक कुमारले पनि अमिताभसँग सहकार्य गर्न पाए । दादा मुनीको नामले परिचित अशोक कुमारले अमिताभसँग ऋषिकेश मुखर्जी निर्देशित कैयौं फिल्ममा काम गरेका थिए । सन् १९११ मा जन्मिएका अशोक कुमारले अमिताभका साथ ‘मिली’, ‘छोटी सी बात’ र ‘महान’ जस्ता फिल्ममा अभिनय गरे । अशोक कुमारका फिल्ममा अमिताभले अतिथीको भूमिका निर्वाह गर्दथे । दादा मुनीको सन् २००१ मा निधन भयो ।

अर्का अभिनेता सुनिल दत्त अमिताभको खसा मित्रमध्ये एक थिए । जसले फिल्म ‘रेलवे प्लेटफार्म’बाट आफ्नो करियर शुरु गरेका थिए । पाँच दशकभन्दा बढी समयदेखि फिल्ममा सक्रिय सुनिल दत्तले अमिताभसँग ‘रेशमा और शेरा’मा काम गरेका थिए । उनले अभिनयसँगै राजनीतिको यात्रा पनि गरे । सन् २००५ मा हृदयघातका कारण सन्जयको निधन भयो ।  अमिताभको साथी कलाकारको सूचीमा प्राणको नाम समेटिएन भने सायद त्यो अधुरो नै हुन्छ । प्राण अमिताभको सहकर्मी कलाकारसँगै एक विशेष साथी पनि थिए । दुवैले ‘जन्जीर’, ‘नास्तिक’, ‘गंगाकी सौगन्ध’, ‘मजबूर’, ‘दोस्ताना’, ‘अन्धा कानून’, ‘कालिया’, ‘कसौटी’, ‘डन’ जस्ता फिल्ममा काम गरे । प्राणको सन् २०१३ मा ९३ वर्षको उमेरमा निधन भयो ।

सन् १९३१ मा जन्मिएका शम्मी कपूर भलै कपूर खानदानको हिस्सा भए पनि फिल्मी करियर उनको निकै टाढाबाट भएको हो । सन् १९५३ मा रिलिज फिल्म ‘जीवन ज्योति’बाट शम्मीले अभिनयमा डेब्यू गरेका थिए । उनले अमिताभसँग ‘बटवारा’, ‘परवरिश’, ‘देश प्रेमी’, ‘अजूबा’ र ‘जमीर’ जस्ता फिल्ममा अभिनय गरे । उनको सन् २०११ मा निधन भयो ।  कपुर खानदानका अर्का सदस्य शशी कपुरले अमिताभसँग ‘सुहाग’, ‘त्रिशूल’, ‘रोटी कपडा और मकान’, ‘दीवार’, ‘नमक हलाल’, ‘दो और दो पाँच’, ‘काला पत्थर’, ‘शान’ जस्ता फिल्ममा अभिनय गरेका थिए । सन् १९३८ मा जन्मिएका शशी लामो बिरामीका कारण सन् २०१७ मा संसार छाडे ।

अभिनेता विनोद खन्नाले अमिताभसँग कैयौं फिल्ममा काम गरिसकेका छन् । उनीहरु फिल्मी पर्दासँगै बाहिरी जीवनमा पनि मिल्ने साथी हुन् । उनीहरुले ‘परवरिश’, ‘रेशमा और शेरा’, ‘मुकद्दर का सिकन्दर’, ‘खून पसीना’, ‘जमीर’, ‘हेरा फेरी’, ‘अमर अकबर एन्थनी’ जस्ता फिल्ममा अभिनय गरेका थिए । विनोद खन्नाको तीन वर्ष अघि निधन भएको थियो । यो सूचीमा अन्तिम नाम उनै ऋषि कपूरको आउँछ । उनीहरुले ‘अमर अकबर एंथोनी’, ‘नसीब’, ‘कुली’ जस्ता हिट फिल्ममा अभिनय गरे । उनीहरुको पछिल्लो सहकार्य फिल्म ‘१०२ नट आउट’मा थियो ।