टिकटकको पाँच करोड कोरोना पीडितलाई

मुम्बई(एजेन्सी) । कोरोना भाइरसविरुद्धको अभियानमा बलिउडका सबै कलाकारले सहयोगको हात अगाडि बढाएका छन् । यो सूचीमा अभिनेत्री उर्विशा रौतेला पनि थपिएकी छन् । उनले कोरोना नियन्त्रणका लागि पाँच करोड रुपैंयाँ सहयोग गरेकी छन् । सुन्दा अचम्म लाग्न सक्ला, उनले यती धेरै रकम लकडाउनका समयमा नृत्य गरेर जुटाएकी हुन् ।

उर्वशीले यसपटक गरेको कामले उनका फ्यान फलोइङ बढ्ने अनुमान गरिएको छ । उर्वशीले डान्स क्लासको माध्यमबाट यो रकम जुटाएकी हुन् । उनको यो राशी टिकटकको कमाईको हिस्सा हो । उर्वशीले हालै मात्र इन्स्टाग्राममा एक पोस्टका माध्यमबाट आफूले भर्चुअल डान्स मास्टर क्लासको आयोजना गर्न लागेको र त्यो निःशुल्क रहेको जानकारी दिएकी थिइन् ।

‘जो पनि डान्स वर्क आउट वा तौल घटाउनका लागि जुम्बा, ल्याटिन डान्स सिक्न चाहन्छन्, उनीहरु टिकटकमा मलाई फलो गर्नुहोला । पोस्टमा हरेक भ्यूको काउन्ट पनि गरिनेछ’, उनले लेखेकी थिइन् । उनको यो डान्स क्लासमा १८ मिलियन दर्शक पुगे । उनले यही कामबाट ५ करोड रुपैंयाँ कमाईन् र त्यो पैसा कोरोनाविरुद्धको अभियानलाई दिइन् ।