युट्युबमा आशा भोसलेको डेब्यू

मुम्बई(एजेन्सी) । लकडाउनमा फिल्म हस्तीहरु सामाजिक सन्जालमा सक्रिय भइरहेका छ । बलिउड स्टार सलमान खान पछि अब प्रख्यात पाश्र्व गायिका आशा भोसलेले आफ्नो युट्युब च्यानल सार्वजनिक गरेकी छन् । योसँगै उनको स्वर अब दर्शकले युट्युबमा पनि सुन्न पाउनेछन् । उनले यो कुराको जानकारी ट्वीटरबाट दिएकी हुन् ।

उनले आध्यात्मिक गुरु श्री श्री रविशंकरको ६४ औं जन्मदिन पारेर युट्युब च्यानल सार्वजनिक गरेकी हुन् । रविशंकरमाथि रहेर आशाले गाएको एक जन्मदिनको गीतमार्फत उनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । उनका फ्यान पनि युट्युब च्यानल सन्चालनमा आएपछि खुशी भएका छन् ।

गायिका आशाले युट्युब सञ्चालन गर्नुपर्ने पनि कारण रहेको खुलाएकी छन् । ‘लकडाउनका कारण घरमै बसिरहँदा बच्चाहरुले नेटमा काम गरिरहेको देखेको थिएँ । यो सबै मेरा लागि नयाँ थियो । उनीहरुको माध्यमबाट मैले यो विषयमा जान्ने कोशिस गरें । यो एउटा ठूलो संसार रहेछ ।’ आशाले भनेकी छन् ।

उनले युट्युबमा ८६ वर्षको उमेरको समयमा सिकेका कुरालाई युट्युबमा राख्न बताइन् । ‘म यी कुरालाई शेयर गर्न चाहन्छु । केही गीतका माध्यमबाट मानिसमा मनोरन्जन पनि हुनेछ । यस्तो अवस्थामा यो मेरा लागि एउटा सुखद यात्रा हुनेछ ।’ उनले भनेकी छन् ।