लकडाउन खुल्दा सैलूनमा भीड

न्यूजिल्याण्ड(एजेन्सी) । कोरोना भाइरसको युद्धमा मिसाइल बनेको न्यूजिल्याण्डले बुधबार आधा रातमा जसै लकडाउनलाई केही खुकुलो बनायो, ठूलो संख्यामा मानिसहरु कपाल काट्नका लागि बाहिर निस्किए । हप्तौंदेखि बढिरहेको कपालसँगै मानिसहरु भिडियो कल गर्दै कहिले सैलुन खुल्ला भन्ने प्रतिक्षा गरिरहेका थिए ।

यहीकारण कोनरेड फिट्ज–जेराल्डले पनि बुधबार आधा रातबाटै आफ्नो सैलून खोले । सैलून खोल्नासाथ उनलाई धेरै फोन आउन थाल्यो । न्यूजिल्याण्डमा आधा रात पछि धेरै स्थानमा लकडाउन केही खुकुलो बनाइएको थियो । यहाँ मल, रिटेल र रेष्टुरेन्ट खोल्न थालिएको छ र मानिसहरु काममा फर्किइरहेका छन् । अधिकांश स्थानमा १० जनाभन्दा बढी मानिसलाई भेला हुन दियएको छैन । यहाँ मंगलबार र बुधबार एउटा पनि बिरामी भेटिएनन् । कोरोना भाइरसको चपेटाका कारण यहाँ १५ सयसमध्ये १४ सय मानिसहरु उपचार पछि घर फकिईसकेका छन् भने २१ जनाको निधन भइसकेको छ ।

जेराल्डका अनुसार उनलाई आधा रातमा कपाल काट्नका लागि करिब ५० मानिसले फोन गरेका थिए । उनले छोरासँग कपाल काट्न थालेपछि एक दर्जन मानिसको मात्र कपाल काट्न भ्याए । ‘मानिसहरु आफ्नो कपाल नियन्त्रण भन्दा बाहिर गएकोले सम्हाल्न नसकेको बताइरहेका थिए । अधिकांश युवाका अभिभावकले फोन गरेका थिए ।’ उनले भनेका छन् । यो समयमा जेराल्डले आफूमा भाइरस फैलनसक्ने भएकाले सावधानी अपनाएका छन् । उनले तिब्र रुपमा सेनिटाइजरको पनि प्रयोग गरिरहेका छन् ।