चिनियाँ युवतीसँग विवाह गर्न यस्तो झन्झट

बेइजिङ(एजेन्सी) । भारतका राजशेखर सिंह चीनमा पढ्न गएका थिए । त्यहाँ उनको प्रेम चिनियाँ युवती झेंग मोमोसँग भयो । उनीहरु दुवैले विवाहको निर्णय लिए । यो जोडीले विवाह गरेको १० वर्ष भइसकेको छ । मोमोले राजेशखरसँग विवाह गरेपछि पनि आफ्नै देश अर्थात् चीनमै बस्ने सर्तमा विवाह गरेकी थिइन् । भारतीय युवाहरु राम्रो संख्यामा मेडिकल र अन्य विषय पढ्ने वर्षेनी चिनियाँ विश्वविद्यालय पुग्छन् । पढाईको समयमा अक्सर उनीहरुको प्रेम चिनियाँ युवतीसँग हुन्छ । यीमध्ये अधिकांशको विवाह नै हुन्छ ।

चिनियाँ युवती र भारतीय युवकको विवाहमा एउटा समस्या सधैं रहन्छ, त्यो यो हो कि चिनियाँ युवतीहरु विवाह पछि भारत आउन चाहँदैनन् । उनीहरु चीनमै बस्न चाहन्छन् । यद्यपि विवाह पछि पनि भारतीय युवालाई चिनियाँ नागरिकता कहिल्यै मिल्दैन । तर उनीहरुलाई वर्षेनी नविकरण गर्ने शर्तमा एक परमिट मिल्दछ ।यद्यपि राजशेखर र मोमोको मामला केही अलग भयो । उनीहरु विवाहको केही समय चीनमै बसे । त्यसपछि उनी अमेरिका गए । प्रायः भारतीय दुलाहा चीनमा चिनियाँ शैलीले विवाह गर्नासाथ भारतीय परम्परागत तरिकाबाट विवाहको कार्यक्रम पुरा गर्न चाहन्छन् । जसका लागि उनीहरुले भारतबाट आफन्त, पुजारी र केटरिङलाई बोलाउन सक्छन् ।

भारतीय युवाहरु पढेलेखेको र खुला किसिमको हुने भएकाले पनि चिनियाँ युवतीहरु भारतीय युवक बढी मनपराउँछन् । उनीहरुलाई चीनमा आरामदायक जिन्दगी र जागिरको सुविधा पनि हुन्छ । पछिल्लो केही वर्षमा भारतीय युवाहरु ठूलो संख्यामा पढाई, व्यापार र जागिरको लागि चीनका विभिन्न प्रान्तमा पुग्ने गरेका छन् । खासगरी चिनियाँ मेडिकल र इन्जिनियरिङ कलेजमा भारतीय युवा विद्यार्थीको संख्या बढ्दो छ । चीनको शिक्षा प्रणाली सस्तो भएकाले पनि धेरै भारतीय विद्यार्थीहरु त्यहाँ जाने गरेका छन् ।

भारत र चीन छिमेकी देश अवश्य हुन्, तर अहिले पनि दुवै देशका मानिसमा एकअर्काका देशको रीतिरिवाज र रहनसहनबारे कम जानकार छन् । त्यसकारण पनि कोही भारतीय चिनियाँ युवतीसँग विवाह गर्न चाहन्छ, त्यस्तो अवस्थामा यस्ता कैयौं समस्या आइपर्छन् । जसमा एक ठूलो समस्या दुवै देशको अलग संस्कृतिलाई लिएर छ ।
त्यसकारण पनि चिनियाँ युवतीहरु भारतीय युवकसँग विवाह गर्दा चीनमै बस्न पाउनुपर्ने शर्त राख्छन् । चीनमा हाल यस्ता सयौं जोडी छन् जसमा भारतीय र चिनियाँ दम्पत्ति छन् । यस्तो अवस्थामा भारतीय युवक स्वदेश नै फर्कन चाहन्छन् ।