टेस्ट टिजरमा गोर्खा वारियरका रितेशको एक्सन

काठमाडौं । गोर्खालीको नलेखिएको गाथाका रुपमा प्रस्तुत गरिन लागिएको नयाँ फिल्म ‘गोर्खा वारियर’को टेस्ट टिजर सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा बन्न लागेको यो फिल्मको टेस्ट टिजरमा फिल्मका डेब्यू कलाकार रितेश चाम्सलाई प्राथमिकता दिइएको छ ।

निर्देशक चाम्सका अनुसार रितेशको स्क्रिन टेस्टका लागि टिजरका दृश्य डेढ वर्ष अघि नेपालमै छायांकन गरिएको थियो । उनले टिजरमा राखिएका दृश्यहरुलाई फिल्ममा नराखिने बताए ।

फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुनको अभिनय रहनेछ । फिल्म नेपाली र अंगे्रजी भाषामा निर्माण गरिनेछ ।

लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा प्रदीप भारद्वाजको लेखन छ । फिल्मको छायांकन नेपाल, यूके र अफगानिस्तानमा हुनेछ ।