कपाल काट्दा १ सय ४० लाई कोरोना

वासिङटन(एजेन्सी) । अमेरिकामा लकडाउन खुकुलो बनाइएपछि कैयौं प्रान्तमा सैलून खोल्नका लागि अनुमति दिइएको छ । यद्यपि अमेरिकाको मिसौरीमा एउटा यस्तो घटना बाहिर आएको छ कि त्यो समाचारले सबैलाई चकित बनाएको छ । दुई सैलून सञ्चालकबाट त्यहाँ करिब १ सय ४० जनालाई कोरोना संक्रमण फैलिएको छ । यी दुई सञ्चालकलाई कोरोना लक्षण देखिए पनि उनीहरु अटेर गर्दै ८ दिन देखि लगातार काम गरिरहेका थिए । जसकारण त्यहाँ कपाल काट्न आउने करिब १ सय ४० जना ग्राहकमाझ संक्रमण फैलियो ।

ग्रेट क्लिप्स नामक सैलुनमा काम गर्ने दुई कर्मचारी कोरोना संक्रमित थिए । जसमा एकले ५६ जना र अर्को एकले ८४ जनासँगै सैलूनका ७ कर्मचारी उनीहरुका कारण संक्रमित भएका थिए ।

कर्मचारीहरुका अनुसार ती दुईले सैलूनमा काम गर्दा कुनै पनि सतर्कता अपनाएका थिएनन् । मिसौरीमा मे ४ बाट सैलुन खोल्न दिइएको थियो । यहाँ कोरोनाका कारण हालसम्म ६ सय ७६ को निधन भइसकेको छ भने ११ हजार ७ सय ५२ संक्रमित छन् । मिसौरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पका रिपलिब्लकन पार्टीका नेता माइक पार्सन गभर्नर छन् ।