चौध वर्षपछि पूरा भयो जोनीको पेन्टिङ

लसएन्जल्स(एजेन्सी) । अमेरिकी अभिनेता जोनी डेपले अन्ततः आफ्नो वाइन बोतल वाला पेन्टिङलाई पुरा गरेका छन् । उनले यो पेन्टिङ १४ वर्ष पहिला शुरु गरेका थिए । डेपले इन्स्टाग्राममा आफ्नो पेन्टिङको तस्बिर साझा गरेका छन् । जसलाई उनले सन् २००६ बाट बनाउन शुरु गरेका थिए ।

‘यो अनौठो छ । जुन बस्तुका लागि मैले पूर्ण तरिकाले लगातार महिनौंसम्म ध्यान दिएँ । फेरी अचानक सबै कुरा बदलियो । त्यो कुरालाई बिर्सेर हामी नयाँ कुरामा ध्यान दिन्छौं । लामो समयपछि पुरानो काम पुरा हुँदोरहेछ’, उनले लेखेका छन् ।

उनले लकडाउनको समयमा अचानक आफ्नो ध्यान पेन्टिङमा गएकाले त्यसलाई पुरा गर्न आफूले चाहेको खुलाए । ‘मैले यो पेन्टिङ पाएँ । जसलाई मैले सन् २००६ मा बनाउन शुरु गरेको थिएँ । पछिल्लो १४ वर्षमा मैले यसलाई छुन सकिन । तर अहिले यो अपुरो पेन्टिङलाई पुरा गर्ने अवसर यसपटक जुर्यो ।’ उनले भनेका छन् ।