इलामलाई रत्न तथा आभुषण महासंघको स्वास्थ्य सामाग्री

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासघंले जिल्ला प्रशासन कार्यालय, इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई र सशस्त्र प्रहरी उपरीक्षक रोशन श्रेष्ठलाई पाँच हजार थान मास्क र २० थान पीपीई प्रदान गरिएको छ । महासंघको १ नं प्रदेश कमिटीको संयोजक विशन शाक्य, कोषाध्यक्ष रूद्वबहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।

प्रजिअ सेडाईले अहिलेको विषम परिस्थितिमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) र मास्क सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले यो पिपिई र मास्क इलामका सरकारी अस्पताल र स्वास्थ्य चौकीहरूको फ्रन्टलाइनमा रहेर काम गर्ने चिकित्सकहरूलाई प्रदान गर्ने जानकारी दिए ।

सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले महासंघले काठमाडौबाट अहिले महामारीको अवस्थामा इलाम जिल्लाका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा खुशी ब्यक्त गर्दै महासंघ र १ नं प्रदेश कमिटीलाई धन्यवाद दिए ।

महासंघको १ नं प्रदेश कमिटीका संयोजक विशन शाक्यले महासंघले सामाजिक दायित्वअन्तर्गत यस अगाडि पनि धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि धरान महानगरपालिकामा र मोरङ जिल्ला बिराटनगरको कोशी अस्पतालको लागि माक्र्स र पिपिई प्रदान गरिएको जानकारी दिए ।