मेक्सवेलको प्रेममा थिए क्लिन्टन

वासिङ्टन(एजेन्सी) । अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टर पुनः एकपटक आफ्नो प्रेम प्रसंगलाई लिएर चर्चामा आएका छन् । हालै प्रकाशित एक पुस्तकमा क्लिन्टनमाथि उनको मोनिका लेविन्स्कीका अलावा अर्की एक महिला घिसलाइन मेक्सवेलसँग पनि अफेयर रहेको उल्लेख गरिएको छ । पुस्तकमा घिसलाइनले अमेरिकी फाइनेन्सर जेफरी एपस्टीनका लागि युवतीहरु किन्ने गरेको समेत दाबी गरिएको छ ।

पुस्तकका अनुसार विदेश यात्राका समयमा क्लिन्टनले कैयौं पटक एपस्टीनको जेट प्लेन प्रयोग गरेका थिए । यात्राको क्रममा क्लिन्टनसँग मेक्सवेल पनि हुन्थिइन् । क्लिनटन कैयौंपटक मेनहट्टनमा अवस्थित मेक्सवेलको घर पुगिसकेका छन् । क्लिनटनमाथि उनको राष्ट्रपति कार्यकालको बेला व्हाइट हाउसमा एक इन्टर्न मोनिका लेविन्स्कीसँग छेडछाटको आरोप लागेको थियो । सन् २०१० को जुलाईमा न्यूयोर्कमा आयोजित चेल्सी क्लिन्टनको विवाहमा सहभागी केही विशेष पाहुनामा मेक्सवेल पनि थिइन् ।

‘ए कन्भिनेन्ट डेथः द मिस्टेरियस डिमाइस अफ जेफरी एपस्टीन’ नामक यो पुस्तक प्रख्यात फाइनेन्सर जेफरी एपस्टीनको जीवनीमा आधारित छ । जेफरी र क्लिन्टनबीच राम्रो सम्बन्ध थियो । यो पुस्तकलाई ऐलेन गुडमेन र डेनियल हार्परले लेखेका हुन् । पुस्तकमा क्लिन्टन र मेक्सवेलको भेट विदेश यात्राका दौरान जेफरीको निजी जेटमा भएको थियो ।

क्लिन आफैंले पनि एपस्टीनको विमानमा चारपटक यात्रा गरेको स्वीकारेका छन् । तर उनले आफूलाई एपस्टीनको अपराधको बारेमा केही जानकारी नभएको दाबी गरेका छन् । एपस्टीनले सन् २०१९ मा आत्महत्या गरेका थिए । मेक्सवेलमाथि एपस्टीनका लागि युवती खरीद र यौन शोषणमा आबद्ध भएको आरोप छ । जबकी यो कुरालाई उनी अस्वीकार गर्दै आएका छन् । क्लिन्टनका प्रवक्ता एन्जल उरेनाले मेक्सवेलका साथ कथित सम्बन्धलाई गलत भनेकी छन् ।