कोरोना टेस्टमा रोबोट प्रयोग

कोपनहेगन(एजेन्सी) । कोरोनाको महामारीसँगै यसको प्रत्यक्ष चपेटामा स्वास्थ्यकर्मी परेका छन् । कोरोना संक्रमित बिरामीसँगको दैनिक उठबसले उनीहरुको ज्यान जोखिममा पर्दै गएको छ । यस्तो अवस्थामा डेनमार्कमा भने एउटा सजिलो उपाय निकालिएको छ ।

युनिभर्सिटी अफ सदर्न डेनमार्कले विश्वमै पहिलोपटक अटोमेटिक रोबोट तयार पारेको छ । जसले एक्लै कोभिड–१९ को टेस्ट गर्नेछ । जसकारण स्वास्थ्यकर्मीहरुमा कोरोनाको संक्रमण कम हुने विश्वास गरिएको छ । शोधकर्ताका अनुसार कोरोना भाइरसको संक्रमण पत्ता लगाउनका लागि रगतदेखि लिएर स्वाबको टेस्टसम्मको काम गर्नुपर्ने हुन्छ । स्वाब टेस्का लागि नाक या घाँटीको भित्र देखिने एक लामा इयरबड जस्तो नलीमा स्वाब पुर्याएर नमूना लिइन्छ । जसकारण नमूना लिने व्यक्तिलाई संक्रमणको खतरा हुनसक्छ । यसबाहेक यसको टेस्ट पनि झन्झटिलो मानिन्छ ।

डेनमार्कका शोधकर्ताले तयार पारेको यो रोबोटले जूनबाटका काम शुरु गर्नेछ । यो रोबोट घडी प्रिन्टरबाट तयार पारिएको हो । कोरोना टेस्टमा यसको काम आम मानिसले गर्ने जस्तै हो । यो रोबोट आफ्नो अगाडि बसेका शंकास्पद व्यक्तिको मुखमा स्वाब छिराउँछ । त्यहाँबाट नमूना लिएर रोबोटले स्वाबलाई टेस्ट ट्युबमा राख्दछ र त्यसको बिर्को बन्द गरिदिन्छ । यो रोबोट बनाउन थियुसियुस रजीत सवारीमुथुसहित १० सदस्यीय समूह थियो ।

रजीत यो रोबोटले गरेको कामबाट निकै खुशी छन् । रोबोटले निकै कुशलतापूर्वक बिरामीको गालामा स्वाबलाई पुर्याउँछ । प्रोफेसर रजीतको टिमले यूनिभर्सिटी अफ सदर्न डेनमार्कसँग मिलेर इन्डस्ट्री ४.० ल्याबमा यो रोबोटलाई तयार पारेका थिए । रोबोर्ट तयार पार्न एक महिना समय लागेको थियो ।