अनलाइन स्क्रिप्ट सुन्दै दीपिका

मुम्बई(एजेन्सी) । लकडाउन कारण अन्य क्षेत्रजस्तै फिल्म उद्योग पनि ठप्प छ । धेरै कलाकारहरु घरमै बसेर काम गरिरहेका छन् । यसमा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि पर्छिन् । दीपिका हालका दिनमा अनलाइन स्क्रिप्ट सुनिरहेकी छन् । एक कलाकार हुनुको नाताले उनी अनलाइनबाट स्क्रिप्ट सुनेर समयको सदुपयोग गरिरहेकी छन् । यसबाहेक उनी निर्माताहरुसँग भर्चुअल मिटिङ पनि गरिरहेकी छन् । उनको लागि रचनात्मक कुराकानीका लागि यो नयाँ डिजिटल तरिका हो ।

दीपिका हालका दिनमा यसअघि नै घोषणा भइसकेका प्रोजेक्टमा काम गरिरहेका छन् । उनी आफ्नो आगामी प्रोजेक्टको तय गर्न र विश्वभरका आफ्ना फ्यानका लागि अधिक यादगार भूमिका बनाउनका लागि भिडियो कन्फ्रेन्सिङका माध्यमबाट नयाँ स्क्रिप्ट सुनिरहेकी छन् ।

अहिलेको लकडाउन नभएको भए सायदै दीपिका वर्तमान अवस्थामा शकुन बत्राको अनटाइटल्ट फिल्मको सुटिङका लागि श्रीलंकामा हुन्थिइन् । जसमा अभिनेता सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डेको पनि अभिनय हुनेछ ।

हालसम्मको यात्रामा दीपिकाले फिल्म उद्योग तथा दर्शकका लाग कैयौं उल्लेखनीय भूकिा दिइसकेकी छन् । जसमा ‘पिंकु’, ‘ये जवानी हे दीवानी’ बाट नैना, ‘बाजीराव मस्तानी’बाट ‘मस्तानी’, ‘ककटेल’बाट वेरोनिकालगायत छन् ।