अमेरिकी संसदमा अलग र स्वतन्त्र तिब्बतको विधेयक दर्ता

वासिङ्टन(एजेन्सी) । अमेरिकी संसदका प्रतिनिधि स्कट पेरीले तिब्बतलाई अलग र स्वतन्त्र देशको मान्यता दिनका लागि कँग्रेस(अमेरिकी संसद)मा एक विधेयक दर्ता गराएका छन् । सेन्ट्रल तिब्बत प्रशासनले २५ मेमा जारी गरेको आफ्नो रिपोर्टमा पेरीले १९ मे मा विदेशी मामलाको हाउस कमिटि समक्ष आफ्नो बिल पेश गरेको जनाएको छ । सेन्ट्रल तिब्बत प्रशासनलाई तिब्बतको निर्वासिचत सरकारको रुपमा लिइन्छ । यो बिललाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट मान्यता पाउनका लागि व्हाइट हाउस पठाइएको छ ।

पेनसिलेवेनियाका सीनेटर पेरी काँग्रेसका तीन ३२ सदस्यमा आबद्ध छन्, जसले टम लेन्टोसका अमेरिकी विदेशमन्त्रीलाई लेखेको त्यो पत्रमा हस्ताक्षर गरेका छन्, जसमा तिब्बत सम्बन्धी दुई विधानको लागु गर्नलाई माग गरिएको छ । पेरीले आफ्नो विधेयकमा तिब्बतको मामलामा बेइजिङ माथि दबाब बढाउन माग गरेका छन् ।
उल्लेखनीय कुरा यो छ कि कोरोनाको विषयलाई लिएर हाल अमेरिका र चीनको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । पेरीले मे २२ मा हङकङका मानिसको पक्षमा पनि यस किसिमको बिल पेश गरेका थिए । यो बिलमा हङकङमा स्वतन्त्र लोकतन्त्रका लागि त्यहाँ मानिसको समर्थनमा उभिने कुरा उल्लेख गरिएको छ ।

तिब्बतमा चीनको आक्रमण पछि सन् १९५९ मा दलाई लामा आफ्ना अनुयायीका साथ देश छोड्न बाध्य भएका थिए । त्यो समयमा उनको उमेर २४ वर्ष थियो । उनी निकै जोखिमपूर्ण बाटो भएर भारत पुगेका थिए । भारत पुगेपछि उनी केही दिन देहरादूनमा बसे । त्यउपछि उनलाई मेक्लोडगंजमा रहेको धर्मशालामा बस्ने सुविधा दिइएको थियो । उनको दरबार र बौद्ध मन्दिर छ ।