इंग्ल्याण्डमा बाहिरी मान्छेसँग यौन सम्बन्ध राख्न प्रतिबन्ध

लण्डन(एजेन्सी) । इंग्ल्याण्डमा आफ्नो घरमा कोही बाहिरीको मान्छे ल्याएर यौन सम्बन्ध राख्नु गैर कानूनी बनाइएको छ । सरकारले लकडाउनका समयमा यो कानून ल्याएको हो । यो कानून अनुसार अब दुई अलग–अलग घरका मानिसहरु निजी स्पेसमा भेट गर्न पाउने छैनन् । यसअघिका नियमहरुमा ‘प्राइभेट स्पेस’ शब्दको प्रयोग गरिएको थिएन । सरकारले प्रहरीले यस्तो मामलामा कुराकानी गर्न समझदारी देखाउने जनाएको छ ।

नयाँ नियम पछि अब कोही व्यक्ति आफ्नो घरमा बाहिरी व्यक्तिलाई भेट्नु पर्यो भने त्यसको कारण खुलाउनुपर्नेछ । सार्वजनिक स्थानमा यौन सम्बन्ध राख्नु गैर कानूनी नै छ । सरकारले नयाँ कानूनले यौन सम्बन्धमा प्रतिबन्ध नलगाउने तर प्रतिबन्ध नलगाउने भन्दैमा कोही व्यक्तिको घर भित्र दुई या दुई बढी व्यक्ति भेला हुन नपाउने नियम लगाएको छ ।

नयाँ नियमले कोही व्यक्ति जहाँ बसेको छ, त्यो व्यक्तिलाई रातको समयमा अर्को स्थानमा बस्न निषेध गरिएको छ । बस्नै परे त्यसको निश्चित कारण खुलाउनुपर्नेछ ।नयाँ नियमले खेलाडीहरु, अन्तिम संस्कारमा सहभागी, कर्मचारी र स्वास्थ्य सेवाको आवश्यकता परेकालाई भने एकापसमा भेट्न छुट दिइएको छ । हालै ब्रिटेनमा गरिएको एक अध्ययन अनुसार १० मा ६ व्यक्तिले लकडाउनको समयमा सेक्स गरेका छैनन् ।