मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो पाँच दशक लामो करियरमा कैयौं अभिनेत्रीहरुसँग काम गरे । नयाँ अभिनेत्रीसँगै ९० दशकका सबै ठूला अभिनेत्रीहरुसँग उनको सहकार्य भयो । आज पनि नयाँ कलाकारहरुसँग अमिताभ काम गरिरहेका छन् । आगामी केही दिनमा अमिताभको फिल्म ‘गुलाबो सिताबो’ ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । फिल्मी करियरमा अमिताभसँग फिल्मको सेटदेखि व्यक्तिगत सम्बन्धलाई लिएर सम्झनाका हजारौं किस्सा छन् । यस्तै एउटा किस्सा उनको लिजेन्ड लेडी वहीदा रहमानसँग जोडिएको छ ।
वहीदाले केही समय अघि मात्र आफूले अमिताभलाई थप्पड मारेको खुलासा गरेकी छन् । यो घटना सन् १९७१ मा रिलिज फिल्म ‘रेशमा और शेरा’को सुटिङ समयमा भएको थियो । फिल्मको एक दृश्यमा वहीदाले अमिताभलाई थप्पड मार्नुपर्ने थियो । तर उनले अमिताभलाई यसरी थप्पड मारिन् कि त्यो दृश्य वास्तविक झैं देखिएको थियो । वहीदाले यो घटनालाई पपुलर कमेडी शो दी कपिल शर्मा शोमा खुलासा गरेकी हुन् ।
यो फिल्मको निर्देशन सन्जय दत्तका पिता सुनील दत्तले गरेका थिए । यो एक क्राइम ड्रामा थियो । फिल्ममा विनोद खन्ना र अमरीश पुरी पनि थिए । फिल्ममा सन्जय दत्तले बाल कलाकारको भूमिका निभाएका थिए ।