मुम्बई(एजेन्सी) । बलिउड अभिनेत ऋतिक रोशनले सन् २०१९ मा फिल्म ‘वार’ र ‘सुपर ३०’बाट बक्असअफिसमा धमाकेदार कमव्याक गरे । यी दुई फिल्मको सफलताले ऋतिक भलै केही महिनाका लागि आफ्ना फ्यानबाट अलग भए पनि जब उनी हलमा पुग्छन्, त्यो बेला भीड लाग्छ भन्ने प्रमाणित गरिदिए । फिल्म ‘वार’ र ‘सुपर ३०’को बम्पर सफलता पछि ऋतिकको नाम अलग–अलग’ प्रोजेक्टस्सँग जोडिएको छ । जसमा बढी रिमेक फिल्म छन् ।
कोरोना भाइरसको लकडाउन अघि ऋतिक ‘सत्ते पे सत्ता’ रिमेक र ‘दी बर्निङ ट्रेन’ रिमेकमा देखिने समाचार आएको थियो । तर ताजा मिडिया रिपोर्टले यी सबै खबरलाई झुटो भनेको छ । एक व्यापार विश्लेषकका अनुसार ऋतिक रिमेक फिल्ममा काम गर्ने मुडमा छैनन् । उनी राम्रो कथाको खोजीमा छन् किनकी दर्शकले राम्रो फिल्म खोजिरहेको कुरा ऋतिकले बुझेका छन् ।
‘ऋतिक रोशन रिमेक फिल्ममा साइट गर्ने मुडमा छैनन् । उनी आफैलाई पनि यस्ता हल्ला कहाँबाट आइरहेका छन् भन्ने कुरा थाहै छैन् । केही दिन अघि आफ्ना साथी फराह खानको घर डिनरका लागि गएका थिए । जहाँ उनीसँग ‘सत्ते पे सत्ता’को रिमेकका बारे कुरा भएको थियो । ऋतिकले यो फिल्मलाई रातो झन्डा देखाइदिए । दी बर्निङ ट्रेनको कुरा गर्ने हो भने यो फिल्म त आफ्नो समयको फ्लप फिल्म हो । यस्तो फिल्ममा ऋतिकले कसरी काम गर्छन् ।’ ती विश्लेषकले भनेका छन् ।