अग्ला ज्योति प्रकाशको जंगे पिल्लर

काठमाडौं । ज्योति प्रकाशको पहिचान केबल चित्रकारितामा मात्र छैन् । उनी आफैंमा कुशल गीतकार र संगीतकार पनि हुन् । अग्ला कदका ज्योति प्रकाशले यतिबेला राष्ट्रियता सम्बन्धी गीत ‘जंगे पिल्लर’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् ।

गीतमा उनकै शब्द तथा संगीत छ भने गायनमा ज्योतिप्रकाशसँगै सरोज कोइराला, जिना रसाइली र मिना एनपीले स्वर दिएका छन् । गीतमा राजु कार्कीको संगीत संयोजन तथा सन्तोष पौडेलको मिक्सिङ र माष्टरिङ रहेको छ । गीतको भिडियो सर्जक स्वयमको युट्युब च्यानल ज्योतिप्रकाशबाट सार्वजनिक गरिएको हो ।