रुकुम घटनामा अछुत एक अधुरो प्रेम

काठमाडौं । रुकुममा घटेको छुवाछुतको घटनालाई आधार बनाएर निर्माण गरिएको गीत ‘अछुत एक अधुरो प्रेम’को भिडियो सार्वजनिक भएको छ । गीतमा गायक संजय श्रीपालको स्वर रोमहर्ष भण्डारीको शब्द र सुरेशरमण अधिकारीको संगीत छ ।

गायक श्रीपालले समाज भित्रको कुरीतिलाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको जनाउँदै जीवनमा हामीले छुवाछुतपूर्ण व्यवहार भन्दा पनि आपसमा मिलेर अगाडि बढनुपर्ने बताए ।

रुकुममा घटेको वास्तविक घटनलाई आधार बनाएर निर्माण गरिएको वियोगान्त गीत सबैले मनपराउनेमा उनी आशावादी छन् । भिडियोमा मनोज कार्कीको सम्पादन छ ।