जो विवाह अघि नै आमा बने

मुम्बई(एजेन्सी) । बलिउडदेखि हलिउडसम्म यस्ता अभिनेत्रीहरु छन्, जसले विवाह अघि नै आमा बनेका छन् । उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई मजबुत बनाउदै विवाहलाई एक औपचारिकतामा पुरा गरेका छन् । उनीहरुले आफू गर्भवती भएको कुरा कसैको सामू लुकाएनन् । अर्थात् उनीहरुले आफूहरु गर्भवती भएको सबैलाई थाहा दिलाए ।

हार्दिक पाण्डे र नताशा स्तानकोविक विवाह अघि नै अभिभावक बन्दैछन् । हालैमात्र हार्दिक र नताशाले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो । उनीहरुले आफूहरु चाँडै नै अभिभावक बन्न लागेको खुलाएका हुन् ।

अभिनेता जोन अब्राहमका साथ फिल्म ‘चन्द’मा देखिएकी अभिनेत्री ब्रुना अब्दुल्लाले पनि विवाह अघि नै आमाको अनुभव लिइन् । उनले आफू गर्भवती भएको समयमा बेबी बम्पका कैयौं तस्बिरहरु सामाजिक सन्जालमा राखिन् । हालैको दिनमा ‘सेक्रेट गेम्स’ जस्तो चर्चित वेब सिरिजमा देखिएकी अभिनेत्री कल्की कोचलिनले पनि विवाहलाई एउटा औपचारिकता मात्र दिइन् । किनकी उनी विवाह अघि नै आमा बनिसकेकी थिइन् ।

अभिनेता अर्जुन रामपालकी प्रेमिका गेब्रिएलाले गत जुलाई १८ मा बच्चालाई जन्मदिइन् । उनले अर्जुनसँग विवाह गरेकी छैनन् । अब विवाहको तयारीमा छिन् । अभिनेत्री एमी ज्याक्सनसँग पनि विवाह अघि नै आमा बनेको अनुभव छ ।